Kathmandu Press

अफ सिजनमा रारमा बढे पर्यटक 

दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठूलो अनि सुन्दर महेन्द्र अर्थात रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको छ।
अफ सिजनमा रारमा बढे पर्यटक 

मुगु, माघ ८ : चर्चित पर्यटकीय स्थल रारामा पर्यटकको चहलपहल बढेको छ। समुद्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो।

दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठूलो अनि सुन्दर महेन्द्र अर्थात रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको छ।

Hardik ivf

हिउँदे चिसोको समयमा सुनसान हुने रारामा माघ महिनाको पहिलो सातामा परेको    हिमपातपछि मौसममा सुधार आएपछि पर्यटकहरु झुम्किएका हुन्। खुल्ला आकास, निलो रंगमा टल्किरहेको रारा अनि आसपास दुई फिट भन्दा बढी हिउँ जमेकाले पर्यटकलाई रोमान्चक बनाएको छ। 

तालको विभिन्न कोणबाट देखिने हिमालका दृश्य अवलोकनसँगै भिडियो, फोटो खिच्न, टिकटक बनाउन र नाचगान गर्न पर्यटकहरु रारा उक्लिने गरेका छन्।

चिसोको कारण रारा घुम्ने सिजन नभएपनि हिजोआज हिउँ परेर, आकाश खुल्ला हुँदा पर्यटकहरुको भीड बढेको हो। तर आएका पाहुनाहरु रारामा नबसी फर्कने गरेकाले होटल ब्यवसायहरु घाटामा रहेको होटल व्यवसायी कुलबहादुर रोकायाले बताए। 

हिँउ खेल्न धेरै आन्तरिक पर्यटकहरु आउर्ने गरेका छन्। ६ महिलामा घुम्न आउने आन्तरिक तथा बाह्य गरी ५७ सय पर्यटकले रारा घुमेका छन् भने १३० जना जना पर्यटक रारा पुगेका छन्। उक्त अवधीमा १७ लाख ८० हजार राजश्व संकलन भएको रारा राष्ट्रिय निकुन्ज कार्यालयका सुचना अधिकारी धर्मजित सावतले बताए। 

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, माघ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्