Kathmandu Press

अष्ट्रेलिया र स्पेनका लागि नेपाली राजदूतले गरे पदभार ग्रहण 

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र स्पेनका का लागि नेपालका आवसीय राजदूत एवम् माल्टाका लागि गैरआवासीय राजदूत शनिल नेपालले पदभार ग्रहण गरेका छन्।
अष्ट्रेलिया र स्पेनका लागि नेपाली राजदूतले गरे पदभार ग्रहण 

काठमाडौं, माघ ८ : अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र स्पेनका का लागि नेपालका आवसीय राजदूत एवम् माल्टाका लागि गैरआवासीय राजदूत शनिल नेपालले पदभार ग्रहण गरेका छन्।

जनवरी १७ मा अष्ट्रेलिया पुगेकी थिइन्। राजदूत यादवलाई न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्ष कृष्ण गिरीलगायतले विमानस्थलमा स्वागत गरेका थिए।

पूर्वउपसभामुख र शिक्षामन्त्री समेत रहेकी उनी नेपाली कांग्रेसकी कोषाध्यक्ष पनि थिइन्। 

सोमबार मात्रै स्पेन पुगेका नेपाललाई दूतावासका कार्यवाहक राजदूतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए। 

प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, माघ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्