Kathmandu Press

लकडाउनको बारेमा निर्णय गर्नलाई मन्त्रिपरिषद बैठक बस्दै 

काठमाडौं, वैशाख १४ : मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाए....

लकडाउनको बारेमा निर्णय गर्नलाई मन्त्रिपरिषद बैठक बस्दै 

काठमाडौं, वैशाख १४ : मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शनिवार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको थियो । समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले  स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ।

यसका साथै सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । त्यस्तै काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको बुझिएको छ ।  

कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ ।

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्