Kathmandu Press

कांग्रेसले वैदेशिक सहयोगको अर्थराजनीति विषयमा कार्यक्रम गर्ने 

कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने जनाइएको छ।
कांग्रेसले वैदेशिक सहयोगको अर्थराजनीति विषयमा कार्यक्रम गर्ने 

काठमाडौं, माघ ७ : नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थराजनीतिका विषयमा कार्यक्रम गर्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा बुधबार संवाद गोष्ठी गर्न थालिएको हो। 

गोष्ठीमा वैदेशिक सहयोगको अर्थराजनीतिबारे छलफल हुनेछ। 

कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने जनाइएको छ।

‘संवाद गोष्ठी’ नाम दिइएको उक्त गोष्ठीमा विज्ञका रुपमा डा.डिल्लिराज खनाल, डा.मीनबहादुर श्रेष्ठ, पूर्व अर्थ सचिव रामेश्वर खनाल, प्रा.डा सञ्जय आचार्य, डा.ईन्द्र अधिकारी र सेमन्त दाहाललाई आमन्त्रण गरिएको छ। 

प्रकाशित मिति: १८:२८ बजे, सोमबार, माघ ७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्