कुवेतमा थप ६ नेपाली कामदारलाई कोरोना संक्रमण
काठमाडौं, वैशाख १४ : कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या ....

काठमाडौं, वैशाख १४ : कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो ।
पछिल्लो एक साता हरेक दिन नेपाली कामदारमा संक्रमण देखिँदै आएको छ।
शनिबारमात्रै ६ नेपालीसहित २७८ जनामा संक्रमण देखिएको हो। हालसम्म संक्रमितको संख्या २ हजार ८९२ जना पुगेको छ।
प्रकाशित मिति: ०६:४८ बजे, आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1792762148.jpeg)





-1792762148.jpeg)



