हमासले पहिलो चरणको युद्धविराममा छाड्ने ३३ जना को-को हुन् ? [सूची]
पहिलो चरणमा नछुट्ने भए विपीन जोशीकाठमाडौं, माघ ६ : इजरायल र हमासबीच १५ महिनादेखिको युद्ध अन्त्य हुने भएको छ। आइतबार गाजा क्षेत्रमा युद्धविराम गर्ने इजरायली घोषणासँगै १५ महिनादेखिको युद्ध अन्त्य भएको हो।
शुक्रबार इजरायलले गाजामा युद्धविराम गर्ने प्रस्तावलाई मन्त्रिपरिषदबाट पारित गरेको थियो। सो अनुसार आइतबार बन्धकमुक्त गरिने तीन जनाको नाम हमासले सार्वजनिक गरेको छ।
आइतबार रातिसम्म तीन इजरायली महिला बन्धकहरू रिहा हुनेछन्।
रिहा हुन बन्धकहरूमा ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती छन्।
यी तीन बन्धकको बदलामा इजरायलको जेलमा रहेका करिब १ सय कैदीबन्दी रिहा हुनेछन्।
इजरायलले पहिलो चरणको ४२ दिनको अवधिमा बन्धकमुक्त हुने ३३ जनाकै नाम सार्वजनिक गरेको छ।
आज तीन जनापछि अर्को साता ४ जना बन्धक रिहा हुनेछन्। त्यसपछि प्रत्येक हप्ता गरी कुल ६ हप्तासम्म बन्धक रिहा र कैदी रिहा हुने प्रक्रिया चल्नेछ।
४२ दिनपछि दोस्रो चरणको युद्धविराम सुरू हुने सम्झौता छ।
पहिलो चरणमा बन्धकमु्क्त हुने ३३ जना नै इजरायलकै नागरिक र त्यहाँका सैनिक हुनेछन्।
हमासको बन्धकमा नेपालका विपिन जोशी पनि छन्। उनी पहिलो चरणको युद्धविराममा नछुट्ने भएका छन्। दोस्रो चरणको युद्धविराममा छुट्न सक्नेछन्।
उनी जिवितै रहेकोबारे परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिन अघि संसदीय समितिको बैठकमा बताएकी थिइन्। बैठकमा मन्त्री राणाले विपीन जिवितै फर्कने बताएकी थिइन्।
यी हुन् बन्धकमुक्त हुने ३३ जनाः
१. लिरी अल्बैग
२. इट्जिक एल्गारत
३. करिना अरीवा
४. ओहद बेन अमी
५. एरियल बिबास
६. यार्डेन बिबास
७. केफिर बिबास
८. शिरी सिल्बरम्यान बिबास
९. अगम बर्जर
रोमी गोनेन
११. डेनियल गिल्बोआ
१२. एमिली दमारी
१३. सागुई डेकेल-चेन
१४. यायर हर्न
१५. ओमर वेन्कर्ट
१६. अलेक्जेन्डर (साशा) ट्रुफानोभ
१७. अर्बेल येहुद
१८. ओहद याहलोमी
१९. एलिया कोहेन
२०. ओर्लेभी
२१. नामा लेवी
२२. ओडेड लिफशिट्ज
२३. गदी मोशे मोशा
२४. एभेरा मेंगिस्टु (२०१४ देखि आयोजित)
२५. श्लोमो मन्सुर
२६. किथ सिगेल
२७. त्साही इदान
२८. ओफर क्याल्डेरोन
२९. ताल शोहम
३०. डोरोन स्टेनब्रेचर
३१. ओमर शेम तोभ
३२. हिशाम अल-सय्यद (२०१५ देखि थुनामा)
३३. एली शराबी