लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।दाङ, माघ ६ : लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ।
आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्न पाउने छन्।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।
सचिवालयका अनुसार छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची छ।
प्रकाशित मिति: ११:१६ बजे, आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेससोमबार, माघ ७, २०८१
स्ववियु निर्वाचन चैत ५ गते हुनेसोमबार, माघ ७, २०८१
कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरेसोमबार, माघ ७, २०८१
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्युसोमबार, माघ ७, २०८१