प्रिमियर लिगमा लिभरपुलको जीत, आर्सनल र एस्टनभिल्लाको बराबरी
गएराति भएको अर्को खेलमा दोस्रो स्थानको आर्सनलले एस्टनभिल्लासँग दुई÷दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । आर्सनलको २२ खेलमा ४४ अङ्क भएको छ ।
काठमाडौं, माघ ६ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले हराएको छ । जीतसँगै शीर्ष स्थानको लिभरपुलको २१ खेलमा ५० अङ्क भएको छ ।
गएराति भएको अर्को खेलमा दोस्रो स्थानको आर्सनलले एस्टनभिल्लासँग दुई÷दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । आर्सनलको २२ खेलमा ४४ अङ्क भएको छ । एस्टनभिल्ला समान २२ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ ।
अरू खेलमा बर्नमाउथले न्युक्यासललाई ४–१ गोलले तथा क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेड र फुलहमले लेस्टर सिटीलाई समान दुई गोलले हराएको छ ।
प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












