नेपालको पुरुष टिम पनि खो खो विश्वकपको फाइनलमा
विश्वकपको फाइनल पुग्दै इतिहास बनाउने क्रममा नेपालको पुरुष टिमले इरानमाथि ७२–२०को सानदार जित निकाल्यो।काठमाडाैं, माघ ५ : नेपालको पुरुष टिम भारतमा जारी पहिलो संस्करणको खो खो विश्वकपको फाइलनमा प्रवेश गरेको छ। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंञ्गशालामा शनिबार साँझ भएको खेलमा इरानलाई हराउँदै नेपाल पहिलो प्रयासमै फाइनल पुगेको हो।
विश्वकपको फाइनल पुग्दै इतिहास बनाउने क्रममा नेपालको पुरुष टिमले इरानमाथि ७२–२०को सानदार जित निकाल्यो।
अब नेपालले भोलि हुने फाइनलमा दक्षिण अफ्रिका र भारतबीचको विजेतासँग खेल्नेछ।
नेपाल बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो। त्यसअघि नेपालले समूह चरणमा भुटान, पेरु र ब्राजिललाई हराएको थियो भने भारतसँग पराजित भएको थियो।
योसँगै नेपालका महिला र पुरुष दुवै टिम फाइनल पुगेका छन्। महिला टिम युगान्डालाई ८९–१८ ले हराउँदै फाइनल पुगेको थियो।
प्रकाशित मिति: २०:०७ बजे, शनिबार, माघ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको पुरुष टिम पनि खो खो विश्वकपको फाइनलमाशनिबार, माघ ५, २०८१
खो खो विश्वकप : युगान्डालाई हराउँदै नेपाली महिला फाइनलमाशनिबार, माघ ५, २०८१
एन्फा महिला लिगमा बागमतीले पुलिसलाई रोक्योशनिबार, माघ ५, २०८१
ब्याटिङ नचल्दा विश्वकपको डेब्यू खेलमा नेपाल पराजितशनिबार, माघ ५, २०८१