Kathmandu Press

खो खो विश्वकप : युगान्डालाई हराउँदै नेपाली महिला फाइनलमा

दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा खेल शनिबार दिउँसो भएको सेमिफाइनलमा युगान्डामाथि ८९–१८ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुगेकाे हो।
खो खो विश्वकप : युगान्डालाई हराउँदै नेपाली महिला फाइनलमा

काठमाडाैं, माघ ५ :  नेपाली महिला खो खो टिमले इतिहास रचेको छ। भारतमा जारी पहिलो संस्करणको खो खो विश्वकपको फाइनल पुग्ने नेपाली महिला टिमले इतिहास रचेको हो। 

दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा खेल शनिबार दिउँसो भएको सेमिफाइनलमा युगान्डामाथि ८९–१८ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुगेकाे हो। नेपालले १८–०ले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। 

अब नेपालले आइतबार हुने फाइलनमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ।

नेपाल अपराजित रहँदै फाइनल पुगेको हो। नेपालले क्वार्टरफाइनलमा इरानलाई हराएएको थियो। समूहमा नेपालले बंगलादेश, श्रीलंका, भुटान र जर्मनीलाई हराएको थियो। 

नेपालको पुरुष टिमले पनि आजै सेमिफाइलन खेल खेल्दैछ। जसमा नेपालले इरानको सामना गर्दैछ।

प्रकाशित मिति: १८:५२ बजे, शनिबार, माघ ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्