नेपालले दियो बंगलादेशलाई ५३ रनको झिनो लक्ष्य
बांगीमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल बंगलादेशलाई ५३ रनको झिनो लक्ष्य दिएको छ।काठमाडाैं, माघ ५ : मलेसियामा जारी यू–१९ महिला टि–२० विश्वकपको पहिलो खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गरेको छ। बांगीमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल बंगलादेशलाई ५३ रनको झिनो लक्ष्य दिएको छ।
नेपाल १८.२ ओभरमा ५२ रनमै अलआउट भयो । नेपालका लागि २ खेलाडीले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। ओपनर साना प्रविनले ३२ बलमा सर्वाधिक १९ रन बनाउँदा सिमना केसीले १६ बलमा १० रन बनाइन्। अन्यले भने गतिलो योगदान दिएनन्।
नेपालको इनिङ धरासायी बनाउने क्रममा बंगलादेशका लागि जन्नातुल मौवाले २ तथा अनिशा सोबा, फहोमिदा चोया र निशिता निशीले समान १ विकेट लिए। नेपालले ५ विकेट रनआउटमा गुमाएको थियो।
प्रकाशित मिति: १४:०३ बजे, शनिबार, माघ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा महिला लिगमा बागमतीले पुलिसलाई रोक्योशनिबार, माघ ५, २०८१
ब्याटिङ नचल्दा विश्वकपको डेब्यू खेलमा नेपाल पराजितशनिबार, माघ ५, २०८१
नेपालले दियो बंगलादेशलाई ५३ रनको झिनो लक्ष्यशनिबार, माघ ५, २०८१