Kathmandu Press

यू–१९ महिला विश्वकप : नेपालको खराब ब्याटिङ, १० ओभरमा ४ विकेट गुमाउँदै २० रन मात्र बनायो

मलेसियास्थित बांगीमा जारी खेलमा बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा ४ विकेटको क्षतिमा २० रन मात्र बनाउन सकेको छ। 
यू–१९ महिला विश्वकप : नेपालको खराब ब्याटिङ, १० ओभरमा ४ विकेट गुमाउँदै २० रन मात्र बनायो

काठमाडाैं, माघ ५ : यू–१९ महिला विश्वकपमा डेब्यू गरिरहेको नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ। मेलसियास्थित बांगीमा जारी खेलमा बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा ४ विकेटको क्षतिमा २० रन मात्र बनाउन सकेको छ। 

नेपालका लागि साना प्रविनले सार्वधिक १६ रन बनाउँदा अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेका छैनन्। साना २६ बलमा १६ रन बनाएकी हुन्। 

यस्तै, कप्तान पुजा महतोले १८ बलमा २ रन बनाएर रनआउट भइन् भने सावित्री धामीले  ६ बलमा १ रन बनाउँदा किरण कुँवरले ३ बलम १ रन बनाइन्। यस्तै, सोनी पाख्रिन भने ७ बलमा खाता नखोल्दै आउट भइन्।

बलिङमा बंगलादेशका निशिता अक्तर निशी, अनिशा अक्तर सोबा र जन्नातुल मौवाले समान १ विकेट लिए।

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, माघ ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्