Kathmandu Press

यू–१९ महिला विश्वकप : नेपालले टस हार्‍यो, पहिला ब्याटिङ गर्ने

मलेसियको बांगीमा हुने खेलमा बंगलादेशले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।
यू–१९ महिला विश्वकप : नेपालले टस हार्‍यो, पहिला ब्याटिङ गर्ने

काठमाडाैं, माघ ५ : नेपालले यू–१९ महिला टि–२० विश्वकपको डेब्यू खेलमा पहिला ब्याटिङ गर्ने भएको छ। 

मलेसियको बांगीमा हुने खेलमा बंगलादेशले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो। खेल सवा १२ बजे सुरु हुनेछ।

नेपालको महिला क्रिकेट टिमकै यो आईसिसीको डेब्यू प्रतियोगिता हो। नेपलाको कप्तानी पुजा महतोले गरिरहेकी छिन्।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो। 

नेपाली टिम : पुजा महतो, सोनी पाख्रिन, साना प्रविन, ज्योत्स्निक मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरणकुमारी यादव, रिया शर्मा, रचना चौधरी ।

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, माघ ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्