Kathmandu Press

'डिभोर्स'को हल्लाबीच गायिका एलिना चौहानले ल्याइन् 'एक्लै पनि जिन्दगी चल्दो रहेछ' [भिडियो]

सामाजिक सञ्जालहरूमा गायिका चौहानको डिभोर्सको हल्ला चलेको छ।
'डिभोर्स'को हल्लाबीच गायिका एलिना चौहानले ल्याइन् 'एक्लै पनि जिन्दगी चल्दो रहेछ' [भिडियो]

काठमाडौं, माघ ४ : 'डिभोर्स'को हल्लाबीच गायिका एलिना चौहानले नयाँ गीत सार्वजनिक गरेकी छन्।

बिहीबार उनले आफ्नै युट्युब च्यानलमार्फत 'एक्लैपनि जिन्दगी चल्दो रहेछ' बोलको गीत सार्वजनिक गरेकी हुन्।

गीतको भिडिओ एलिना स्वयं देखिएकी छन्।

रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ।

महेश महराले छायांकन गरेको गीतको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्। गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।

सामाजिक सञ्जालहरूमा गायिका चौहानको डिभोर्सको हल्ला चलेको छ। टेलिभिजन कार्यक्रम र अनलाइन सञ्चारमाध्यमहरूले पनि उनको डिभोर्सको हल्लामा समाचार प्रसारण गरेका थिए।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, माघ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्