Kathmandu Press

‘जय नेपाल कप २०२५’ माघ ७ गतेबाट सुरु हुँदै 

नौ दिनसम्म चल्ने रोमाञ्चक टि–२० क्रिकेट प्रतियोगिताले जलवायु परिवर्तनजस्तो महत्त्वपूर्ण मुद्दालाई पनि प्रवद्र्धन गर्ने संघले जनाएको छ । नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय टोलीहरू यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न एकजुट हुँदैछन् । प्रतियोगिताको पुरस्कार राशी ३० लाख रुपैयाँ (नेरु) रहेको छ ।
‘जय नेपाल कप २०२५’ माघ ७ गतेबाट सुरु हुँदै 

काठमाडौं, माघ ४ : नेपाल विद्यार्थी संघ, केन्द्रीय समिति द्वारा आयोजित ‘जय नेपाल कप २०२५’ क्रिकेट प्रतियोगिता माघ ७ गते (२० जनवरी)  देखि सुरु हुँदैछ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय क्रिकेट प्रतियोगिता सुरु हुन लागेको जानकारी गराएका हुन् ।

नौ दिनसम्म चल्ने रोमाञ्चक टि–२० क्रिकेट प्रतियोगिताले जलवायु परिवर्तनजस्तो महत्त्वपूर्ण मुद्दालाई पनि प्रवद्र्धन गर्ने संघले जनाएको छ । नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय टोलीहरू यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न एकजुट हुँदैछन् । प्रतियोगिताको पुरस्कार राशी ३० लाख रुपैयाँ (नेरु) रहेको छ । यति मात्र होइन, विजयी टोलीलाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गर्ने अवसरका लागि प्रसिद्ध एभरेस्ट भ्यू होटलको विशेष भ्रमणको अवसर प्रदान गरिनेछ ।

Hardik ivf

यस कार्यक्रमको संयोजकको जिम्मेवारीमा संघका केन्द्रीय सदस्य गणेश थापा रहेका छन् भने सहसंयोजकहरू थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति पुष्कर विक्रम शाही र अनुप राज पाण्डे रहेका छ ।

यस प्रतियोगितामा नेपालका चार विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्याल, मध्यपश्चिम विश्वविद्यालय सहभागी हुने छन् भने छिमेकी राष्ट्रहरू बङ्गलादेशबाट एक ढाका विश्वविद्यालय र भारतबाट तीन बाबासाहेब भीमराव अंबेडकर विहार विश्वविद्यालय, लखनउ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय गरी कुल आठ विश्वविद्यालय साहभागी हुने छन् ।

प्रतियोगिता त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट मैदानमा सम्पन्न हुनेछ भने संघका केन्द्रीय सदस्य दिपक राज जोशी संयोजकत्वमा विश्वविद्यालय परिसरमा विश्वव्यापी उष्णता र जलवायु परिवर्तन सम्बन्धी महाकवि साहित्य महोत्सव आयोजना गरिएको छ ।

‘एकः रन एक बृक्ष’ को नीति अवलम्बन गर्दै प्रतियोगिताको कुल रन संख्या बरावरको वृक्ष रोपण कार्यकम गर्ने, प्रतियोगिता अवलोकनका लागी टिकटको मूल्य एक सय र पाँच सय निर्धारण गरिएको छ भने विद्यार्थीको हकमा रु ५० निर्धारण गरीएको छ ।

प्रतियोगिताको टिकटबाट संकलन हुने रकम जाजरकोट जिल्लामा भूकम्पबाट क्षति पुगेको विद्यालय पुनः निर्माणका लागि सहयोग गरिनेछ ।
 

प्रकाशित मिति: ०८:४३ बजे, शुक्रबार, माघ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्