Kathmandu Press

बाबुराम भट्टराई भन्छन्- ओलीको हिटलर प्रवृत्ति चिनेर इतिहासबाट बिदा गरौं 

काठमाडौं, वैशाख १३ :  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हिटलर प्रवृत्तिलाई चिनेर इतिहासबाट छिटो बिदा गर्नु ....

बाबुराम भट्टराई भन्छन्- ओलीको हिटलर प्रवृत्ति चिनेर इतिहासबाट बिदा गरौं 
फाइल

काठमाडौं, वैशाख १३ :  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हिटलर प्रवृत्तिलाई चिनेर इतिहासबाट छिटो बिदा गर्नु पर्ने बताएका छन्। 

शनिबार फेसबुकमा स्ट्याटस लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले ओलीको भष्मापर प्रवृत्ति चिनेर इतिहासबाट बिदा गर्नु पर्ने बताएका हुन्।  भट्टराईले ओलीको कार्यशैली भष्मासुर, हिटलर, स्टालिन र चाउचेस्कु प्रवृत्तिको रहेको टिप्पणी गरेका छन्। 

‘नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध वर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टीभित्र र बाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेवारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ,’ उनले भनेका छन्। 

भष्मासुर प्रवृत्तिसँग तुलना गर्दै भट्टराईले भनेका छन्,‘ हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो ऊ जलेर भष्म हुने वरदान पाउँछ।  तर उसले पछि ऋषिहरू कुनै शास्त्रमा महादेव स्वमंको टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफ्नै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्। ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ।’ 

बाबुराम भट्टराईले फेसबुकमा लेखेको स्ट्याटस : 

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, वैशाख १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्