Kathmandu Press

सागर र ललितको घातक बलिङ, आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफी उपाधि 

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको तीन दिवसीय फाइनलमा अन्तिम दिन १०३ रनका झिनो लक्ष्य डिफेन्ड गर्दै पुलिस च्याम्पियन बनेको हो। 
सागर र ललितको घातक बलिङ, आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफी उपाधि 

काठमाडाैं, माघ ३ : स्पिनरद्वय सागर ढकाल र ललित राजवंशीले घातक बलिङ गरेपछि विभागीय टिम नेपाल पुलिस क्लबलले मल्टी डे क्रिकेट प्रतियोगिता ‘जय ट्रफी  एलिट कप’को उपाधि जितेको छ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको तीन दिवसीय फाइनलमा अन्तिम दिन १०३ रनका झिनो लक्ष्य डिफेन्ड गर्दै पुलिस च्याम्पियन बनेको हो।

सागर र ललितले घातक बलिङ गरेपछि १०३ रनको लक्ष्य पछ्याएको अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब २९.२ ओभरमा ७४ रनमै अलआउट भयो।  उसका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा विनोदन भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए। अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

Hardik ivf

आर्मी इनिङ धरासायी बनाउने क्रममा सागर ढकालले १४.२ आमेभरमा ३५ रन खर्चेर ६ विकेट लिए भने ललितले १५ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए। पुलिसले यी दुई बलर मात्र प्रयोग गरेको थियो।  सागरले फाइनलमार्फत नै जय ट्रफीमा डेब्यू गरेका हुन्।

दोस्रो इनिङमा नेपाल पुलिस क्लब  १३९ रनमै अलआउट भएको थियो। उसका लागि कुशल भुर्तेलले ४५ र दिलिप नाथले ३४ रन बनाए। 

पुलिसको इनिङ धरासायी बनाउने क्रममा आर्मीका साहब आलम र बासिर अहमद दुवैले समान ५ विकेट लिए। आर्मीले दोस्रो इनिङमा ३ बलर मात्र प्रयोग गरेको थियो। जसमा आकाश चन्दले २ ओभर गर्दा बासिर र साहबले ४७.१ ओभर बलिङ गरेका थिए।

त्यसअघि पुसिले पहिलो पुलिसले इनिङमा १३३ रन बनाएको थियो। उसका कुशल भुर्तेलले ५१ रनको पारी खेल्दा अर्जुन साउदले २८ र अमति श्रेष्ठले २० रन बनाएका थिए। बलिङमा आर्मीका साबह आलमले ७ विकेट लिएका थिए।

यता, आर्मीले भने पहिलो इनिङमा १७० रन बनाएको थियो। उसका भीम सार्कीले सर्वाधिक ५८ रन बनाउँदा बासिर अहमदले ४० रन बनाएका थिए। यस्तै, सोमपाल कामीले ३२ रन बनाएका थिए। बलिङमा पुलिसका सागर ढकालले ५ विकेट लिँदा कुशलले ह्याट्रिकसहित ३ विकेट लिएका थिए।

फाइनलमा डेब्यू गर्दै कु ११ विकेट लिएका सागर ढकाल प्लेअर अफ दी फाइनल बने। 

प्रतियोगितामा गत वर्षको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका शीर्ष चार टिम पुलिस र आर्मीसँगै बागमती र मधेश प्रदेश सहभागी थिए। प्रतियोगिताको लिग चरण २ दिवसीय र फाइलन तीन दिवसीय भएको थियो।

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, माघ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्