जय ट्रफी फाइनल : दोस्रो दिन पुलिसमाथि आर्मी हाबी
फाइनलको दोस्रा् दिन बुधबार पुलिसमा आर्मी पूर्णरुपमा हावी रह्यो। दोस्रो दिनको खेल ८५–३को अवस्थाका सुरु गरेको पुलिसलाई पहिलो इनिङमा १३३ रनमै अलआउट गरेको आर्मीले दोस्रो इनिङमा पनि पुलिसलाई दबाबमा राखेको छ।काठमाडाैं, माघ २ : अहिले वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा पहिलो पटक आयोजना भइरहेको मल्टी डे क्रिकेट प्रतियोगिता जय ट्रफीको फाइनल चलिरहेको छ। जसमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुनव आर्मी क्लब प्रतिस्पर्धामा छन्।
फाइनलको दोस्रा् दिन बुधबार पुलिसमा आर्मी पूर्णरुपमा हावी रह्यो। दोस्रो दिनको खेल ८५–३को अवस्थाका सुरु गरेको पुलिसलाई पहिलो इनिङमा १३३ रनमै अलआउट गरेको आर्मीले दोस्रो इनिङमा पनि पुलिसलाई दबाबमा राखेको छ।
दोस्रो दिनको खेल सकिँदा पुलिस १३२–९को दबाब पूर्णअवस्थामा छ। यसमा पुलिसले ९५ रनको अग्रता बनाएको छ। उसका लागि कुशल भुर्तेलले ४५, दिलिप नाथले ३४, रसिद खानले १८ र अमित श्रेष्ठले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
पुलिसलाई दबामा राखने क्रममा आर्मीका स्पिनरद्वय साहब आलम र बासिर अहमदले घातक बलिङ गरे। पहिलो इनिङमा ७ विकेट लिएका साहबले दोस्रो इनिङमा पनि ५ विकेट लिएका छन् भने बासिरले ४ विकेट लिएका छन्।
साहबले ७ विकेट लिँदा पुलिसले १३३ रन बनायो
टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले पहिलो इनिङमा १३३–९को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो। उसका लागि कुशल भुर्तेलले अर्धशतक बनाए पनि अन्यले गतिलो योगदान दिन सकेनन्।
८५–३को बलियो अवस्थाबाट दोस्रो दिनको सुरुआत गरेको पुलिसले ७ विकेट ४८ रन बनाउँदा गुमाएका.े थियो। उसका कुशलले ५१, अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
पुलिसको इनिङ धरासायी बनाउने क्रममा आर्मीका साहब आलमले ७ विकेट लिए। यस्तै, सोमपाल कामी र बासिर अहमदले १ विकेट लिए।
ब्याटिमा चम्किए भीम र बासिर
भीम सार्की र बासिर अहमदले सम्हालिएको ब्याटिङ गरेपछि पहिलो इनिङमा आर्मीले १७० रन बनायो। उसका लागि भीम र बासिरले पुनः उत्कृष्ट इनिङ खेले। दुवै जारी प्रतियाेगितामा ब्याटिङमा लयमा छन्। भीमले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दा ५८ रन बनाए भने बासिरले ५५ बलमा ३ चौका मद्दतमा ४० रन बनाए। यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए।
यी दुई बाहेक सोमपाल कामीले ३२, कप्तान बिनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए।
कुशलको ह्याट्रिक, सागरको ५ विकेट
पहिलो इनिङमा आर्मीलाई अलआउट गर्नेक्रममा पुलिसका अलराउन्डर कुलश भुर्तेलले ह्याट्रिक गरे।
बुउनले ३७औं ओभरको अन्तिम र ३९औं ओभरको सुरुआती २ बलमा विकेट लिँदै फाइनलमा ह्याट्रिक लिए। यो जारी प्रतियोगिताको दोस्रो ह्याट्रिक हो। यसअघि पुलिसकै श्रवण यादवले ह्याट्रिक लिएका थिए।
कुशलले आफ्नो ह्याट्रिक लिने क्रममा ३७औं ओभरको अन्तिम बलमा विवेक यादव, ३९औं ओभरको पहिलो बलमा सुमित श्रेष्ठ र दोस्रो बलमा साहब आलमलाई सिकार बनाएका थिए।
उनीबाहेक सागर ढकालले ५ विकेट लिए। जय ट्रफीमा फाइलनमा डेब्यू गरेका उनले १५.५ ओभरमा ३ मेडनसहित ७८ रन खर्चेर ५ विकेट लिए। उनी पुलिसका लागि एक इनिङमा ५ विकेट लिने चौथो खेलाडी हुन्। यसअघि ललित राजवंशी, कुशल भुर्तेल र गुल्सन झाले यो उपलब्धि हाँसिल गरेका छन्।