Kathmandu Press

जय ट्रफी फाइनलको पहिलो दिन १७ ओभर मात्र सम्भव

बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल २ बजे आसपास मात्र सुरु भयो। तीन दिवसीय फाइनलको पहिलो दिन बाक्लो हुस्सुले खेल प्रभावित बनेपछि १७ ओभरको खेल मात्र सम्भव भयो।
जय ट्रफी फाइनलको पहिलो दिन १७ ओभर मात्र सम्भव

काठमाडाैं, माघ १ : पहिलो पटक आयोजना भएको मल्टी डे क्रिकेट प्रतियोगिता ‘जय ट्रफी एलिट कप’को फाइलन आजबाट सुरु भएको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन्।

विभागीय डर्बी फाइनल मौसमका कारण प्रभावित बन्यो। बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल २ बजे आसपास मात्र सुरु भयो। तीन दिवसीय फाइनलको पहिलो दिन बाक्लो हुस्सुले खेल प्रभावित बनेपछि १७ ओभरको खेल मात्र सम्भव भयो।

जसमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले दिनको खेल सकिँदा ३ विकेटको क्षतिमा ८५ रन बनाएको छ। उसका कुलश भुर्र्तेल अर्धशतक बनाए खेलिरहेका छन् भने अर्जुन साउद १३ बल खेल्दा खाता खोल्न सकेका छैनन्। कुशलले ५१ बलमा ६ चौका मद्दतमा ५० रन बनाएका छन्। जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो।

त्यसअघि पुलिसले पहिलो बलमै ओपनर दिलिप नाथलाई गुमाएको थियो। उनलाई सोमपाल कामीले गोल्डेन डकआउट गरेका थिए। यस्तै, इनफर्म अमित श्रेष्ठले ३९ बलमा २ चौका मद्दतमा २० रन बनाए। अमितले कुशलसँग दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए। 

बलिङमा सोमपालसँगै साहब आलमले पनि २ विकेट लिए।

४ टिम सहभागी प्रतियोगिताको लिग रचरणमा शीर्ष २मा रहँदै पुलिस र आर्मीले फाइनलमा स्थान पक्का गरेका हुन्।

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, माघ १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्