Kathmandu Press

फागुन ९ गते रिलिज हुने ‘ताण्डवम्’ को पोस्टर सार्वजनिक

निर्माण युनिटनले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फागुन ९ लाई तय गरेको छ। 
फागुन ९ गते रिलिज हुने ‘ताण्डवम्’ को पोस्टर सार्वजनिक

काठमाडौं, माघ १ : जुनिम गहतराजको निर्देशन रहेको फिल्म ‘ताण्डवम्’को पोस्टर सर्वाजनिक भएको छ। निर्माण युनिटनले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फागुन ९ लाई तय गरेको छ। 

मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै सिनेमा फागुन ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो।

Hardik ivf

महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमाले नाम जस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टिमले जानकारी दिएको छ। 

फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराजलगायतको अभियन रहेको छ। 

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्।

हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ। 

फिल्ममा कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनको रहेको छ। 
 

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, माघ १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्