Kathmandu Press

राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति 

उनले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति नै भएको बताए। 
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति 

काठमाडौं, माघ १ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गरेका छन्। 

माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताए। 

उनले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्ति नै भएको बताए। 

उनले विभिन्न जातजातिले उत्सवकारुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे। 

राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पुर्णमा माघी पर्वको शुभकामना व्यक्त गरे।
 

प्रकाशित मिति: ११:४० बजे, मंगलबार, माघ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्