Kathmandu Press

एमाले नेताहरू भन्छन्- एक वर्ष कारबाही भोग्न तयार छौं, तर सत्य बोल्न छाड्दैनौं

‘दलको नेतृत्वप्रति प्रश्न उठाउँदा कारवाही गर्ने, पार्टीभित्रको गलत निर्णय हुँदा औंला उठाउने जोकोही कारवाहीमा पर्नु लोकतान्त्रिक होइन्। यसका लागि नागरिक तहबाट खबरदारी जरुरी छ,’ उनले भने।
एमाले नेताहरू भन्छन्- एक वर्ष कारबाही भोग्न तयार छौं, तर सत्य बोल्न छाड्दैनौं

काठमाडौं, पुस २९ : राजनीतिक दलहरुले भिन्न मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन्।

मायाको पहिचान नेपालले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले दलहरुमा लोकतान्त्रिकीकरण आवश्यक भएको औंल्याए। 

Hardik ivf

बृहत नागरिक आन्दोलनका अगुवा संजिव उप्रेतीले दलहरुभित्र लोकतन्त्रको अभ्यास कमजोर रहेकाले नागरिक तहबाट खबरदारी आवश्यक भएको बताए। ‘दलको नेतृत्वप्रति प्रश्न उठाउँदा कारवाही गर्ने, पार्टीभित्रको गलत निर्णय हुँदा औंला उठाउने जोकोही कारवाहीमा पर्नु लोकतान्त्रिक होइन्। यसका लागि नागरिक तहबाट खबरदारी जरुरी छ,’ उनले भने।

नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेकी बिन्दा पाण्डेले आफूले उठाएको मुद्दा ठिक हो भन्नेहरुको संख्या ठूलो रहेको बताउँदै समाजवाद उन्मुख पार्टीको निर्णय गलत भएको बताइन्।

‘मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले व्यवस्था गरेको छ। संविधानभन्दा माथि कुनैपनि राजनीतिक दल हुन सक्दैन्। पार्टीहरुले मत र मन जितेर अघि बढ्नुपर्छ। एमालेले हामीहरुमाथि गरेको निर्णय गलत छ,’ उनले भनिन्,‘सबैकुरा तथ्यले प्रमाणित गर्दै जान्छ। म ६ महिना होइन एक बर्ष कारवाही भोग्न तयार छु। तर सत्य बोल्न छाड्दिन।’

आफू जन्मिदै एमाले भएको बताउँदै पाण्डेले आजीवन एमाले भएर बस्ने प्रतिवद्धता पनि जनाइन्। ‘म एमालेको सिद्धान्त पढेर हुर्किएकी हुँ। सत्य बोल्दा अनुशासनको कारवाही मेरा लागि केही होइन्। एमालेबाट अलग हुने परिकल्पना गर्न सकिदैन्। पाँच दशक एमालेमा सक्रिय भएका भीम रावललाई निस्कासित गर्नु ठूलो गल्ती हो, उनले भनिन्। उनले संविधान संशोधन संख्याका आधारमा हुने भन्दै संख्या नपुगे संविधान संशोधन नहुने बताइन्। उनले संविधान संशोधनका लागि जनमत आवश्यक पर्ने पनि बताइन्। 

त्यस्तै एमालेकै केन्द्रीय कमिटी सदस्यबाट निलम्बनमा परेकी उषाकिरण तिमल्सिनाले पार्टीले कारवाही गर्दा आफूहरु सेलिब्रेटीजस्तो भएपनि पार्टीभित्र निराशा छाएको बताइन्। ‘हामी एमालेमै राजनीति गर्ने हो। तर कानुन र समाजलाई असर पर्नेगरीका निर्णय मान्न तयार हुन सकिदैन्,’ उनले भनिन्। कार्यक्रममा माओवादी केन्द्रका रामकाजी महर्जन, सीता गौडेललगायतले सार्वजनिक मुद्दामा बोल्दा कारवाही गरिनु गलत भएको बताए।

कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लोकतान्त्रिक दलहरुमा भिन्न मत राख्नेहरुलाई स्पेस नदिनु दुःखद भएको बताए। उनले भने,‘फरक मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाइनु लोकतान्त्रिक विधि होइन्। दलहरुभित्र लोकतान्त्रिकीकरण आवश्यक छ।

प्रकाशित मिति: २०:२० बजे, सोमबार, पुस २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्