Kathmandu Press

नेपालको गुणस्तरलाई मान्यता दिन भारत सहमत 

भारतले नेपालको गुणस्तरलाई मान्यता दिने बिषयमा सहमति जनाएको छ। 
नेपालको गुणस्तरलाई मान्यता दिन भारत सहमत 

काठमाडौं, पुस २९ : भारतले नेपालको गुणस्तरलाई मान्यता दिने बिषयमा सहमति जनाएको छ। 

दुई देशका वाणिज्य सचिवस्तरीय बैठकमा भारतले नेपालको गुणस्तरलाई मान्यता दिन सहमति जनाएको हो।

Hardik ivf

सहमति अनुसार नेपाली ल्यावमा परिक्षण भएको वस्तुमा भारतले थप गुणस्तर चिह्न लिनुपर्ने छैन।

नेपाल गुणस्तर तथा नापतौल विभाग र ब्युरो अफ इण्डियन स्टान्डर्डबीच औद्योगिक उत्पादनहरुको गुणस्तर परीक्षण गर्न सहमत भएका हुन् । 

खाद्यान्य लगायत खानपिनका विषयमा नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणबीच गुणस्तर परीक्षण, सर्टिफिकेसन, पारस्परिक मान्यता जस्ता विषयमा पारस्परिक कार्य अघि बढाउन र क्षमता विकासमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल तथा सहमति भएको हो ।

तर यसका लागि छुट्टै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्य भने बाँकी नै छ । नेपाल सरकार र भारतको गुणस्तर मापदण्ड समेत फरक हुँदा सिमेन्ट लगायत निर्यातमा समस्या उत्पन्न भएको व्यवसायीले बताउँदै आएका छन् । 

 

प्रकाशित मिति: २०:०१ बजे, सोमबार, पुस २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्