Kathmandu Press

राष्ट्रपति पौडेलले जारी गरे चार अध्यादेश

मन्त्रिपरिषदले सिफारिस गरे अनुरुप भूमिसम्बन्धी भने जारी भएको छैन।
राष्ट्रपति पौडेलले जारी गरे चार अध्यादेश

काठमाडौं, पुस २९ : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुरुप सोमबार विभिन्न चार वटा विधेयक जारी गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रबाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषदले सिफारिस गरे अनुरुप भूमिसम्बन्धी भने जारी भएको छैन। अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि मात्र कानुनको रूप लिने छ ।

 

प्रकाशित मिति: १९:१४ बजे, सोमबार, पुस २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्