Kathmandu Press

सिन्धुपाल्चोकबाट भौतिक मन्त्रालयका सचिवलाई प्रचण्डको फोन- बाटो चाँडै बनाउनुपर्‍यो [भिडियो]

उनले सरकारले तत्काल मर्मतमा मात्रै ध्यान दिँदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गरे।
सिन्धुपाल्चोकबाट भौतिक मन्त्रालयका सचिवलाई प्रचण्डको फोन- बाटो चाँडै बनाउनुपर्‍यो [भिडियो]

सिन्धुपाल्चोक, माघ २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर उनले बाटो चाँडै बनाउन भनेका हुन्।

Hardik ivf

उनले सरकारले तत्काल मर्मतमा मात्रै ध्यान दिँदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गरे।

'कोदारीवाला बाटो छ नी पहिरो गएको ठाउँमा त निकै अप्ठ्यारो। अरू काम पनि छिटो हुनुपर्ने भइरहेको छैन भन्ने गुनासो सुने । यसलाई तदारूकताका साथ काम गर्न सकिने के छ सम्भावना?,' सचिवसँग प्रचण्डले भने।

उनले सडक मर्मतको काम तीव्रतामा गरेर यातायात सहज रूपमा सञ्चालन हुने व्यवस्था गर्न आग्रह गरेका छन्। 'दुइटा बेलिब्रिजको काम छिटो गरिदिनी र मेन्टिनेन्सको अलि राम्रो गरिदिन पर्‍यो। त्यसमा तपाईंले विशेष ध्यान दिनुहोला,' उनले भने।

यसपटकको बाढीपहिरोले काठमाडौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो । प्रकोप लगत्तै अध्यक्ष प्रचण्डले प्रभावितस्थलको निरीक्षण गर्नुका साथै प्रभावितस्थलमा उद्दार, राहत र पुनर्स्थापनामा नेता कार्यकर्ता परिचालन गरेर विपत व्यवस्थापनको पहल लिएका थिए।

प्रकाशित मिति: १८:५० बजे, सोमबार, पुस २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्