विशेष अदालतको सदस्यमा कोइराला, राजस्व न्यायाधीकरण काठमाडौंको अध्यक्षमा प्याकुरेल
कोइरालालाई उच्च अदालत पाटनमा न्यायाधीश थिए।
काठमाडौं, पुस २९ : सरकारले विशेष अदालत काठमाडौँको सदस्य पदमा न्यायाधीश विदुर कोइराला र राजश्व न्यायाधिकरण काठमाडौँको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय गरेको छ ।
कोइरालालाई उच्च अदालत पाटनमा न्यायाधीश थिए।
मन्त्रिपरिषदको निर्णय अनुरुप विशेष अदालतको रिक्त एक सदस्य पदमा कोइरालालाई तोक्ने र राजश्व न्यायाधिकरणको अध्यक्षमा प्याकुरेललाई तोक्ने गरी गत पुस २६ गते भएको निर्णय सोमवार सार्वजनिक भएको छ।
न्याय परिषदको सिफारिसमा कोइराला सदस्यमा र प्याकुरेल न्यायाधिकरण अध्यक्ष तोकिएका हुन् ।
प्रकाशित मिति: १७:४७ बजे, सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











