Kathmandu Press

सरकारले ल्याउँदैछ यी पाँच अध्यादेश

सरकारले विभिन्न पाँच अध्यादेश ल्याउने तयारी गरेको छ।
सरकारले ल्याउँदैछ यी पाँच अध्यादेश

काठमाडौं, पुस २९ : सरकारले विभिन्न पाँच अध्यादेश ल्याउने तयारी गरेको छ।

अध्यादेश जारी गर्न मन्त्रिपरिषदको गत पुस २६ गतेको निर्णय अनुरुप राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याउने तयारी भएको छ।

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि मात्र कर्यान्वयन हुने छ।

 

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, पुस २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्