Kathmandu Press

नौ सचिवको सरुवा, को कहाँ पुगे?

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपतिको कार्यालयमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 
नौ सचिवको सरुवा, को कहाँ पुगे?

काठमाडौं, पुस २९ : सरकारले निजामती नौ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ। 

गत पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको सचिव सरुवाको निर्णय सोमबार सार्वजनिक भएको हो। 

Hardik ivf

मन्त्रिपरिषदको निर्णय अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपतिको कार्यालयमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई महालेखा नियन्त्रक कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, निर्वाचन आयोगका सचिव रविलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। 

सरकारको निर्णय अनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सार्वजनिक खरिद अनुगमन कार्यालय (सचिव), महालेखा लियन्त्रक कार्यालयक (महालेखा नियन्त्रक) विनोदप्रकाश सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उपराष्ट्रपतिको कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। 
 

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, पुस २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्