राष्ट्रपतिले गरे निर्माणाधीन संघीय संसद भवनको अवलोकन [फोटो फिचर]
राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन्।![राष्ट्रपतिले गरे निर्माणाधीन संघीय संसद भवनको अवलोकन [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(5)-(1)-ink-1736768133.jpeg)
काठमाडौं, पुस २९ : राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन्।
सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन्। सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थित रहेको थियो।
राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए। सो क्रममा पौडेलले भवनसम्बन्धि विभिन्न जिज्ञासा राख्दै सम्बद्ध पक्षलाई यथाशीघ्र सक्न निर्देशन पनि दिएका छन्।
संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लकसहितको भव्य संरचना निर्माण गरिएको छ।
१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ।
संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ।
तस्बिरहरूः
-(1)-ink-1736768133.jpeg)
-(2)-ink-1736768133.jpeg)
-(3)-ink-1736768133.jpeg)
-(1)-ink-1736768133.jpeg)
-(2)-ink-1736768132.jpeg)

-(1)-ink-1736768133.jpeg)











