हनुमानघाटमा माधवनारायणका ब्रतालु [फोटो फिचर]
एक महिने अवधिमा माघ शुक्लपक्षको एकादशीका दिन पुरुष ब्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिंदै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलासयमा बस्ने गर्दछन्।![हनुमानघाटमा माधवनारायणका ब्रतालु [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1736755300.jpg)
काठमाडाैं, पुस २९ : माधवनारायण मेलाकाे ब्रत सोमबारबाट सुरु भएको छ। साेमबार बिहानै भक्तपुरकाे हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गर्नेकाे भीड लागेकाे छ।
नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएका एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।
सोमबार बिहान हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरू भएको छ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्तालगाउन नहुने परम्परा छ।
प्रकाशित मिति: १३:५० बजे, सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार