Kathmandu Press

महिला क्रिकेट टिमले टियूमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्क सिरिज खेल्ने

लामो समयदेखि नेपाली टिमको कुनै पनि खेल नरहेकाले नेपाल क्रिकेट संघ (क्यान)ले थाइल्यान्ड र नेदरल्यान्ड्सलाई बोलाएर त्रिकोणात्मक सिरिज गर्न लागेको हो।
महिला क्रिकेट टिमले टियूमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्क सिरिज खेल्ने

काठमाडौं, पुस २८ : नेपाली महिला क्रिकेट टिमले घरेलु मैदानमा त्रिकोणात्मक टि–२० सिरिज खेल्ने भएको छ।

लामो समयदेखि नेपाली टिमको कुनै पनि खेल नरहेकाले नेपाल क्रिकेट संघ (क्यान)ले थाइल्यान्ड र नेदरल्यान्ड्सलाई बोलाएर त्रिकोणात्मक सिरिज गर्न लागेको हो।

सिरिज जनवरी ३० बाट कीर्तिपुरस्थित टियू मैदानमा हुनेछ। नेपालले थाइल्इान्डसँग पटक पटक खेलेपनि नेदरल्यान्ड्ससँग पनि पहिलो पटक खेल्न लागेको हो।

टि–२० आई मान्यताका सिरिजमा प्रत्येक टिमले एक अर्कासँग ३–३ पटक खेल्नेछ।

नेपालले नेदरल्यान्डसँग जनवरी ३०मा खेल्दै सिरिजको सुरुआत गर्ने छन्। नेपालले नेदरल्यान्ड्सँग अन्य दुई खेल फेब्रुअरी २ र ५ मा खेल्ने छ। यस्तै, थाइल्यान्डसँग नेपालले जनवरी ३१, फेब्रुअरी ३ र ६ मा खेल्ने छ।

सिरिजमा नेदरल्यान्ड्स र थाइलायन्डबीचको खेल फेब्रुअरी १, ४ र ७ मा हुनेछ।

ऐतिहासिक सिरिजले महिला क्रिकेट खेलाडीहरूलाई थप प्रेरणा तथा उत्साह थप्नुका साथै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई थाइल्याण्ड र नेदरल्याण्ड्सका दुई टोलीसँग प्रतिष्पर्धा गर्दै थप अनुभव हासिल गर्ने अवसर समेत प्राप्त गर्ने विश्वास क्यानले जनाएको छ।

WhatsApp-Image-2025-01-11-at-18.58.52_5240c0dd-1736621919.jpg
 
प्रकाशित मिति: ०७:२९ बजे, आइतबार, पुस २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्