Kathmandu Press

न्याय परिषद् सदस्यमा खड्का सिफारिस  

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले रिक्त न्याय परिषद्को रिक्त सदस्यमा खड्कालाई सिफारिस गरिएको बताए। 
न्याय परिषद् सदस्यमा खड्का सिफारिस  

काठमाडौं, पुस २७ : नेपाल बारएशोसिएसनको शनिबार बसेको बैठकले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषदको सदस्यमा सिफारिस गरेको छ। 

खड्का झण्डै ४० वर्षदेखि कानुन व्यवसायमा क्रियाशील थिए। नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले रिक्त न्याय परिषद्को रिक्त सदस्यमा खड्कालाई सिफारिस गरिएको बताए। 

‘न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता दामो्दर खड्कालाई नियुक्तिका लागि सिफारिस गरिएको छ। बार कार्यसमितिले सर्वसम्मत रुपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेको हो,’ बार अध्यक्ष घिमिरेले काठमाडौं प्रेससँग भने। 
प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा बारको सिफारिसमा एकजना र प्रधानमन्त्रीको सिफारिसमा एकजना कानुनविद् सदस्य रहने संवैधानिक व्यवस्था छ। 

खड्काले सदस्यका रुपमा चार वर्ष परिषद्मा कार्यभार समाल्ने छन्।  
 

प्रकाशित मिति: १७:३४ बजे, शनिबार, पुस २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्