Kathmandu Press

जय ट्रफीमा श्रवण यादवकाे ह्याट्रिक

प्रतियोगिताकै पहिलो ह्याट्रिक आफ्नो नमममा लेखाउने क्रममा श्रवणले पहिलो इनिङको २७औं ओभरको अन्तिम तीनमा विकेट लिएका थिए।
जय ट्रफीमा श्रवण यादवकाे ह्याट्रिक

काठमाडाैं, पुस २७ : जनकपुर र वीगञ्जमा जारी दुई दिवसीय क्रिकेट जय ट्रफीमा नेपाल पुलिस क्लब मिडियम पेसर श्रवण यादवले ह्याट्रिक लिएका छन्। 

जनकपुरस्थित रामजानकी अन्तर्रााष्ट्रिय क्रिकेट मैदानमा जारी खेलका श्रवण बगमती प्रदेशविरुद्ध ह्याट्रिक लिएका हुन्। 

प्रतियोगिताकै पहिलो ह्याट्रिक आफ्नो नमममा लेखाउने क्रममा श्रवणले पहिलो इनिङको २७औं ओभरको अन्तिम तीनमा विकेट लिएका थिए।

उनले चौथो बलमा पहिलो खेल खेरिहेका प्रतिक श्रेष्ठलाई १२ रनमा क्लिन बोल्ड गरेका थिए भने पाँचौं बलमा पनिले सूर्य तामाङलाई क्लिन बोल्ड नै गरेका थिए। उनले अन्तिम बलमा बागमतीका कप्तान सन्दीप लामिछानेलाई शंकर रानाबाट क्याच आउट गराएका थिए।

श्रवणको ह्याट्रिक मद्दतमा पुलिसले बामगतीलाई ११२ रनमा अलआउट गरेको थियो। 

प्रकाशित मिति: १६:४४ बजे, शनिबार, पुस २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्