मकवानपुरमा स्कारपिओ र कार ठोक्कियो, ८ जनाको अवस्था गम्भीर
शनिबार दिउँसो मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा स्कारपिओ र कार आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मकवानपुर, पुस २७ : मकवानपुरको मनहरीमा स्कारपिओ र कार आपसमा ठोक्किएका छन्।
शनिबार दिउँसो मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा स्कारपिओ र कार आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो १ बजे वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कोरपिओ र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किएको थियो।
घाइतेलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:१४ बजे, शनिबार, पुस २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार