Kathmandu Press

‘समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छ’

पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने धारणा राखे।
‘समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छ’
फाइल तस्बिर।

काठमाडौं, पुस २७ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्नेमा जोड दिएका छन्।

पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने धारणा राखे।

नेता खनालले एकीकरणका योद्धाहरुले आनुधिक नेपाल निर्माणमा पुर्‍याउनुभएको योगदानका स्मरण समेत गरे। 

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य तथा सुख शान्तिको कामना गर्दै उनले स–साना राज्यहरुलाई एकीकरण गर्ने हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताको परिणाम स्वरुप नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रुपमा विश्वमा परिचित रहेको विचार व्यक्त गरे।

प्रकाशित मिति: १२:३७ बजे, शनिबार, पुस २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्