नेपाल स्काउटमा लफडा, निर्देशकको कार्यकक्ष प्रमुख आयुक्तको कब्जामा
निर्देशक भट्टराईले कार्यकक्षमा नियमित काम गरिरहेको समयमा प्रमुख आयुक्तले अवैध रुपमा आफ्नो कुर्सीमा अन्य कसैलाई राखेको घटनालाई कानुनी र वैध मान्ने अवस्था नरहेको बताएका छन्।काठमाडौं, पुस २७ : नेपाल स्काउटमा केही समययता देखिएको विवाद अहिले उत्कर्षमा पुगेका छ। प्रमुख आयुक्तले निर्देशकको कार्यकक्ष कब्जामा लिएपछि नेपाल स्काटउको विवाद उत्कर्षमा पुगेको हो।
लैनचौरस्थित नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा रहेको निर्देशक (कार्यालय प्रमुख) रामप्रसाद भट्टाराईको कुर्सीमा शुक्रबार प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले अन्य व्यक्तिलाई राखेपछि विवाद उत्कर्षमा पुगेको हो।
प्रमुख आयुक्त रञ्जितले शुक्रबार दिउँसो निर्देशकको कुर्सी अन्य व्यक्तिलाई बसाएपछि निर्देशक भट्राईले विज्ञप्ति निकालेर त्यसको विरोध गरेका छन्। निर्देशक भट्टराईले शुक्रबार साँझ विज्ञप्ति निकाल्दै प्रमुख आयुक्त रञ्जितले आफ्नो कुर्सीमा अवैध र गैरकानुनी रुपमा अन्य व्यक्तिलाई बसालेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
'शुक्रबार, दिनको करिब १२ बजेतिर प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले अवैध र गैह्रकानूनी रुपमा एकजना व्यक्तीलाई मेरो जिम्मेवारी रहेको कार्यालय प्रमुखको कुर्सीमा नाटकीय ढंगबाट बसालेको घटानाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'ति व्यक्तीले अपरिचित मानिसहरुको समुह परिचालन गरि कार्यालय प्रमुखको कार्यकक्ष एवं कार्यालय कब्जा गरेका कारण नेपाल स्काउटको सम्पत्ती तथा म सहित कार्यालयमा कार्यरत कर्मचारीलाई सुरक्षा खतरा पैदा भएको घटनाप्रति म अत्यन्त दुःखी र चिन्तित छु।'
निर्देशक भट्टराईले कार्यकक्षमा नियमित काम गरिरहेको समयमा प्रमुख आयुक्तले अवैध रुपमा आफ्नो कुर्सीमा अन्य कसैलाई राखेको घटनालाई कानुनी र वैध मान्ने अवस्था नरहेको बताएका छन्।
उनले प्रचलित कानुनको ठाडो उल्लंघन गरी नेपाल स्काउटका प्रमुख स्काउट तथा राष्ट्रिय कार्यकारी समितिसँग समेत कुनै छलफल नगरी प्रमुख आयुक्त एक्लैले मनोमानी ढंगबाट बाहलवाला कार्यालय प्रमुखप्रति गरेको अवैध र अभद्र व्यवहार गर्दै अनाधिकृत व्यक्तीलाई कार्यालय प्रमुखको कार्यकक्ष कब्जा गर्न दिएको घटनाले कानुनी राज्यको उपहास मात्र नभई समग्र स्काउट अभियानलाई नै अपमान बताएका छन्।
उनले प्रमुख आयुक्त रञ्जितले गरेका अवैधानिक, अनुशासनहिन र अराजक गतिविधीको विरोध गर्दा आफूलाई मानसिक तनाव दिने र शारीरिक रुपमा समेत आक्रमण गर्न सक्नेगरी योजनावद्ध ढंगबाट घटाइएको घटनाप्रति सम्पूर्ण सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएका छन्।
'यो घटनाने विश्व स्काउट तथा नेपाल स्काउटको न्युनतम मुल्य, मान्यता र प्रचलित नियम कानुनको गम्भिर उल्लंघन भई संस्था नै धरासायी हुने र अराजकता मौलाउने अवस्था सृजना भएको छ,' विज्ञप्तिमा भनिएको छ।
साथै उनले प्रमुख आयुक्तको गैरकानुनी कार्यको विरुद्धमा एकताबद्ध भई, नेपाल स्काउटको भौतिक सम्पत्तीको रक्षा र कर्मचारी तथा नेपाल स्काउटका सदस्यहरुको सुरक्षा प्रत्याभूत गराउँदै भयरहित अवस्थामा स्काउटिङ गर्ने वातावरण सृजना गर्न नेपाल सरकारलगायत सरोकारवाला निकायसँग आग्रह गरेका छन्।
नेपाल स्टकाउटको प्रधान कार्यालयमा भएको यो घटनापछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको कार्यालय प्रमुखको कार्यकक्ष कब्जा गर्ने अनाधिकृत व्यक्तिलाई हटाउँदै प्रवेशमा रोक लगाउन तथा कार्यालय र कर्मचारीहरुको शान्ति सुरक्षाको प्रत्याभूत गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन्।
यता, यो घटनापछि प्रमुख आयुक्त महेन्द्रराज रन्जितले प्रमुख आयुक्त स्तरीय निर्णय अनुसार निर्देशक भट्टराईलाई तीन महिनाका लागि निलम्बन गरिएको बताएका छन्