८२२ फरार प्रतिवादी पक्राउ
काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट १२२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।काठमाडौं, पुस २६ : फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौँ प्रहरीले २५ दिनमा ८२२ फरार प्रतिवादी पक्राउ गरेको छ।
यो संख्या हिजो बिहीबारसम्मको हो।
काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट १२२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
काठमाडौं प्रहरीले गत साउनमा १२९, भदौमा ३९९, असोजमा १८४, कात्तिकमा १०३ र मंसिरमा २०८ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ।
साउनदेखि यही पुस २५ गतेसम्म एक हजार आठ सय ४५ फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
अदालतले विभिन्न कसुरमा उनीहरूविरुद्ध ४ करोड ८२ लाख ३६ हजार ५८५ जरिवाना र १४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको छ । अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए।
प्रकाशित मिति: १९:५८ बजे, शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को चौथो संस्करण माघ १२ गतेबुधबार, माघ ९, २०८१
धनुषामा पोखरीमा शव भेटियोबुधबार, माघ ९, २०८१
दुई सचिवको सरुवा गर्ने निर्णय बुधबार, माघ ९, २०८१
सोमबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्यो?बुधबार, माघ ९, २०८१