प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङ्देनबीच छलफल
प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूबीच भेटवार्ता भएको छ।
काठमाडौं, पुस २६ : प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूबीच भेटवार्ता भएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र नेपालबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो।
प्रतिपक्षी दलका तीन अध्यक्षबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता हो।
उनीहरूबीच मुलुकको समसामयिक राजनीति, विपक्षी दलहरूबीचको एकता, संविधान संशोधन गर्ने प्रतिबद्धतासाथ गठन भएको वर्तमान सरकारका सरकारका गतिविधिलगायत विषयमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: १९:३० बजे, शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार