Kathmandu Press

कानुनमन्त्री र मुख्यसचिवलाई लिएर राष्ट्रपति भेट्न गए प्रधानमन्त्री ओली

राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन्।
कानुनमन्त्री र मुख्यसचिवलाई लिएर राष्ट्रपति भेट्न गए प्रधानमन्त्री ओली

काठमाडौं, पुस २६ : राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न भएको सो भेटमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए। 

 

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, पुस २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्