Kathmandu Press

देउवाले गरे ३७ विभागमा सचिव मनोनयन

देउवाले गरे ३७ विभागमा सचिव मनोनयन

काठमाडौं, पुस २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न ३७ विभागमा सचिव मनोनयन गरेका छन् ।  

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सचिव मनोनीत गरेका हुन् ।

जसअन्तर्गत प्रदेश समन्वय विभाग डा.रघु काफ्ले (तनहुँ), महिला विभागमा कविता इटनी (धादिङ), सूचना, सञ्चार तथा प्रचार विभाग गोपाल झा (महोत्तरी), वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग ई.समीक्षा चौधरी (कैलाली), उद्योग तथा व्यापार विभाग ध्रुव खड्का (काठमाडौँ), सहकारी विभागमा चन्द्रप्रसाद ढकाल (नवपरासी व.सु.पश्चिम), पेशागत तथा बुद्धिजीवी विभागमा विजय तुम्बाहाम्फे (तेह्रथुम) लगायतलाई मनोनयन गरेका हुन् ।

हेर्नुहोस सूची :

472900293_3497290083905646_5145450602691876058_n-1736509913.jpg
 

 

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, पुस २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्