मेडिकलबाट उपकुलपतिमा बन्देज गरिएको भन्दै चिकित्सक सर्वोच्चमा
काठमाडौं, पुस २६ : काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाइने कार्यविधि खारेजीको माग गर्दै चिकित्सक रिट लिएर सर्वोच्च अदालत गएका छन् ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधि बदर गर्न चिकित्सकहरुको माग छ।
कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भन्दै गरिएको व्यवस्थाप्रति
चिकित्सकहरुले आपत्ति जनाएका छन् । मेडिकललाई प्रतिस्पर्धामा आउन वञ्चित गर्ने गरी भएको व्यवस्था तत्कालका लागि रोक्न अन्तरिम आदेशको माग छ ।
उपकुलपति छनोट समितिले गत पुस १८ गते १० दिनको समय दिएर उपकुलपतिका लागि खुला आह्वान गरिसकेको छ ।
आगामी माघ ६ गतेदेखि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिँदै छ ।
प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन बुँदे सहमतिपछि पोखरा महानगरको ताला खुल्योबुधबार, माघ ९, २०८१
‘दलितलाई खै’ भन्दै निर्वाचन आयोगसम्म प्रदर्शनबुधबार, माघ ९, २०८१
‘हरेक समितिहरु विधेयकमा गम्भिर र सरकारप्रति जवाफदेही बन्नुपर्छ’बुधबार, माघ ९, २०८१
प्रधामन्त्रीले संयन्त्रले देश चलाउन खोजेको डा. कोइरालाको आरोपबुधबार, माघ ९, २०८१