Kathmandu Press

रास्वपा सभापति लामिछाने आइतबार मात्रै अदालतमा हाजिर हुने

लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन्।
रास्वपा सभापति लामिछाने आइतबार मात्रै अदालतमा हाजिर हुने

काठमाडौं, पुस २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने भएका छन् । 

लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन्।

रास्वपाका सह–कोषाध्यक्ष दीपक बोहोराका अनुसार लामिछाने आइतबार बिहान मात्रै अदालतमा हाजिर हुने भएका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई विहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए।

धरौटी रकम बुझाएपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।

 

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, पुस २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्