Kathmandu Press

‘आयल निगमप्रतिको आम बुझाई सकारात्मक छैन’

शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए। 
‘आयल निगमप्रतिको आम बुझाई सकारात्मक छैन’

काठमाडौं, पुस २६ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेडप्रति आम बुझाइ नकरात्मक रहेको बताएका छन्।

शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए। 

Hardik ivf

‘आज नेपाल आयल निगमप्रतिको आम बुझाइ के छ, आममान्यता के छ? मान्यता त्यति राम्रो देखिएको छैन। यसले आजको अविभारा पूरा गर्ने दायित्व पुरा गर्ने अत्ति आवश्यक वस्तुको ढुवानी त्यसको व्यवस्थापन र व्यवसायिकतामा यसले सफलता पाएपनि बाहिर फरक किसिमबाट हेर्ने गरेको पाइन्छ। अझ चम्किलो पार्न नयाँ ढंगले सोच्नै पर्नेछ,’ मन्त्री भण्डारीले भने। 

जनशक्ति धेरै भए पनि संस्थाले माग मात्र गर्ने तर सोही अनुसारको काम भने नगरेको गुनासो उनले गरे। संस्थाले विकास नगर्ने तर संस्थाबाट माग मात्र गर्ने, लाभ मात्र लिने कुराले संस्थाले कहिले प्रगति गर्ला भन्दै उनले प्रश्न गरे। 

मन्त्री भण्डारीले आयल निगमले जे जति व्यवसाय गर्छ अहिले त्यसका विकल्पहरु आइसकेको भन्दै नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटिनैरहने बताए। 

मन्त्री भण्डारीले नयाँ ढंगले नसोच्ने निगम टिकिरहन नसक्ने बताए। आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए ।

आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ। आयल निगमले नयाँ नयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने मन्त्री भण्डारीले बताए।

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, पुस २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्