लामिछाने नीजि गाडीमा पोखराबाट काठमाडौं आउँदै
लामिछानेले २ बजेको फ्लाइट क्यान्सिल गरेर नीजि गाडीमा काठमाडौँ लागेका हुन्।-1726551923.jpg)
कास्की, पुस २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने स्थालमार्गबाट काठमाडौँ हिँडेका छन्।
लामिछानेले २ बजेको फ्लाइट क्यान्सिल गरेर नीजि गाडीमा काठमाडौँ लागेका हुन्। काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुन लामिछाने पोखराबाट काठमाडौंतर्फ लागेका हुन् ।
कास्की अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने थुना मुक्त भएका थिए।
प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











