Kathmandu Press

लिला पछाईंले पनि बुझाइन् ३७ लाख धरौटी

पछाईंले शुक्रबार जिल्ला अदालतकाश्कीमा ३७ लाख रुपैयाँ धरौटी रकम बुझाएर छुटेकी हुन्। 
लिला पछाईंले पनि बुझाइन् ३७ लाख धरौटी

कास्की, पुस २६ : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणकी प्रतिवादी लिला पछाईंले धरौटी रकम बुझाएर छुटेकी छन्। 

पछाईंले शुक्रबार जिल्ला अदालतकाश्कीमा ३७ लाख रुपैयाँ धरौटी रकम बुझाएर छुटेकी हुन्। 

जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । विहीबार धरौटी रकम बुझाउन नसकेपछि कारागारमा पठाइएको थियो।

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरूङ र आरती गुरूङले बिहीबार नै धरौटी रकम बुझाएर छुटिसकेका छन्। 
 

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, पुस २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्