फागुन पहिलो साता ‘सातौ स्याङ्जा महोत्सव–२०८१’ हुने
महोत्सवको मुख्य आयोजक उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन्। यस्तै प्रवर्द्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ।स्याङ्जा, पुस २६ : पर्यटकीय नगरी स्याङ्जामा ‘सातौ स्याङ्जा महोत्सव–२०८१’को आयोजना हुने भएको छ।
स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा पुतलीबजार नगरपालिका वडा नं. १ को माले बगर खेल मैदानमा फागुन ६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको मुख्य आयोजक उद्योग वाणिज्य संघ स्याङ्जा, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन्। यस्तै प्रवर्द्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ।
गत बर्षहरुमा ६ पटकसम्म सम्पन्न भइसकेको महोत्सव यस बर्ष अझ पृथक प्रभावकारी रुपमा गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला २०८१ को रुपमा सातौ स्याङजा महोत्सव २०८१ आयोजना गरिएको मुल आयोजक उद्योग वाणिज्य संघ स्याङ्जा जनाएको छ।
सातौ स्याङ्जा महोत्सव २०८१ ले, अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार व्यवसाय, उद्योग र उत्पादनको प्रबर्द्धन गर्नुका साथै स्थानीय कृषि तथा पशुपालन,प्राचिन तथा परम्परातग व्यवसायको संरक्षण पर्यटन र विभिन्न राजनीतिक दल, सरकारी निकाय, संघ संस्था, वित्तीय संस्था, शैक्षिक संस्था, धार्मिक संस्थाहरु, जातीय समाजहरु, नागरिक समाज लगायत समग्र सबै पक्षको साझा मञ्चको रुपमा आपसी सद्भाव एवं समन्वय तथा माया बाँड्न सफल हुनेछ भन्ने अपेक्षा गरिएको संघका जिल्ला अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए।
महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफी प्रदर्शनी, माछा महोत्सव र पशुपंक्षी प्रदर्शनी तथा बिक्री कक्ष लगायतका झण्डै २२० स्टलहरु रहनेछन्।
महोत्सवमा प्रवेशको लागि साधारण टिकट एक सय तोकिएको छ भने, विद्यार्थीको लागि रु ५० र ज्येष्ठ नागरिकको हकमा प्रवेश निशुल्क गरिएको छ। महोत्सवमा ८ करोड सम्मको व्यापारिक कारोवार र ३ लाख ५० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको छ।
महोत्सव टिकट आम्दानीको ५५ संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तरगत बिभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ। महोत्सवलाई सम्पन्न गर्नका लागि सातौं स्याङ्जा महोत्सव–२०८१ मूल आयोजक समिति तथा उपसमितिहरु गठन गरिसकिएको अध्यक्ष श्रेष्ठले बताए।