सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई मुद्दा चलाउने रायसहितकाे प्रतिवेदन प्रहरीले सरकारी वकीललाई बुझाइयो
इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार सहकारीको अनुसन्धान फाइल प्रहरी समक्ष बुझाएको हो। प्रतिवेदनमा लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने राय दिइएको प्रहरीले जनाएको छ।रुपन्देही, पुस २६ : सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकील समक्ष बुझाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार सहकारीको अनुसन्धान फाइल प्रहरी समक्ष बुझाएको हो। प्रतिवेदनमा लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने राय दिइएको प्रहरीले जनाएको छ।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । लामिछाने धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। लामिछानेले २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा बयान दिएका थिए।
लामिछानेविरुद्ध पूरक अभियोजन दर्ता गर्ने प्रयोजनका लागि अनुसन्धान प्रतिवेदन बुझाइएको हो।