Kathmandu Press

‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’

‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’

बाँके, पुस २६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति, सुरक्षा र समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्ने बताएका छन्। 

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा समृद्धि, शान्ति र सुशासन कायम गर्ने उद्देश्यसहित संसद्का दुई ठूला दलको गठबन्धन सरकार बनेकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए। 

Hardik ivf

‘दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले पनि काम गर्न नसके जनतामा थप निराशा आउनेछ। यसर्थ सरकारले जनमुखी काम गर्न आवश्यक छ। त्यसका लागि पार्टीबाट आवश्यक सहयोग गर्न हामी तयार छौं,’ उनले भने।

नेता साउदले संविधानका कमीकमजोरी हटाउन र संविधानलाई अझ जनमुखी बनाउन आवश्यक संशोधनका लागि कांग्रेस राष्ट्रिय सहमति बन्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे। 

उनले सुशासन र समृद्धि हासिल गर्न दुई ठूला दल कांग्रेस र एमाले गठबन्धन सरकारमा रहेको बताउँदै मुलुकमा भ्रष्टाचार चुनौतीकै रुपमा रहेको उल्लेख गरे। साउदले सरकारको पर्फर्मेन्स उच्चस्तरको हुनुपर्नेमा जोड समेत दिए ।

वर्तमान सरकार गठनपछि शेयर बजारसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि अर्थतन्त्रका समग्र चुनौती सामना गर्ने गरी प्राथमिकता निर्धारण गरेर काम गर्न उनले आग्रह गरे। 

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, पुस २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्