Kathmandu Press

रवि रिहा भएपछि रास्वपा कास्कीले किन माग्यो माफी?

रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार बिहानै प्रेस विज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन्। 
रवि रिहा भएपछि रास्वपा कास्कीले किन माग्यो माफी?

कास्की, पुस २६ : पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ। 

रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार बिहानै प्रेस विज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन्। 

Hardik ivf

पार्टी सभापति लामिछानेको रिहाई र न्यायका लागि विभिन्न मध्यमबाट आन्दोलनमा उत्रिएका पार्टीका सम्पूर्ण कार्यकर्ता शुभचिन्तक, समर्थक, न्यायप्रेमी जनसमुदाय र पत्रकारहरुलाई कृतज्ञता प्रकट गर्दै उक्त बिज्ञप्तिमार्फत आन्दोलन, धर्ना विरोधसभाको क्रममा आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीलाई पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमा याचना गरिएको छ। 

‘ढिलै भएपनि सत्यको जित भएको छ। हाम्रो पार्टी सभापति एवं पूर्वगृहमन्त्री माननीय रवि लामिछानेज्यू मिति २०८१ कार्तिक २ गतेबाट विगत ८४ दिनदेखि विना कसूर सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्दीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहनुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित कास्की जिल्ला अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाई गर्ने आदेश दिएको छ । सम्मानित कास्की जिल्ला अदालतको आदेशप्रति हामी हार्दिक अभार, कृतज्ञतासहित उच्च सम्मान व्यक्त गर्दछौ। ढिलै भएपनि आखिर सत्यको जित, न्यायको जित भएको छ।’

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, पुस २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्