Kathmandu Press

राप्रपा अध्यक्ष लिङ्देनले भेटे प्रधानमन्त्री

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा आयोजना गर्न लागेको चियापान कार्यक्रमको निम्तो दिन लिङ्देन बालुवाटार गएका हुन्।
राप्रपा अध्यक्ष लिङ्देनले भेटे प्रधानमन्त्री

काठमाडौं, पुस २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवटारमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीसँग भेटवर्ता गरेका हुन्। 

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा आयोजना गर्न लागेको चियापान कार्यक्रमको निम्तो दिन लिङ्देन बालुवाटार गएका हुन्।

झापाकै दुई नेता ओली र लिङ्देनबीच लामो कुराकानी भएको थियो। ओलीसँगको भेटमा विविध विषयमा  कुराकानी भएको लिङ्देनले बताएका छन्।
 
प्रकाशित मिति: ११:०७ बजे, शुक्रबार, पुस २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्